१० चैत, पथरी । मोरङको पथरी शनिश्चरे नगरमा सहिद रत्नकुमार वान्तवा राई चौथो राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ । फ्रेण्डसीप चेस क्लबको आयोजनामा आगामी चैत्र २७ देखि ३० गतेसम्म बुद्धिचाल प्रतियोगिता हुने भएको हो ।
शनिबार पथरी बजारको मनोहर पार्कमा क्लबले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको कार्यक्रम सार्वजनिक गरेको थियो । प्रतियोगितामा पूर्व नेपाल च्याम्पियनहरु बद्रिलाल नेपाली, भुपेन्द्र निरौला, नवीन तन्डुकार, रुपेस जैसवाल, पुरुसोतम चौलागाई लगायतका १५० खेलाडीहरु सहभागीहुने आयोजक फ्रेण्डसीप चेस क्लबका अध्यक्ष अमिर राईले बताए ।
प्रथम हुने खेलाडीलाई रु ५१ हजार, दोस्रोलाई ३५ हजार, तेस्रोलाई २५ हजार गर्दै उत्कृष्ट १५ (टप फिष्टिन) जना र विधागत १८ गरेर जम्मा ३३ जनालाई नगद, प्रमाण पत्र, ट्रफी र मेडलहरु प्रदान गरिने आयोजक समितिका सचिव लोकसागर साम्बाले जानकारी दिए । बुद्धिचाल प्रतियोगितामा सात लाख बढी लाग्ने र पुरस्कार नगद राशी मात्र ३ लाख ३६ हजार रकम खर्चहुने आयोजकले बताए ।
वार्षिक रुपमा आयोजना हुँदै आएको प्रतियोगिताले बुद्धिचाल खेलको प्रवर्धन, पथरी शनिश्चरे नगरमा खेलाडी उत्पादन र अमता विकास गर्दै आएको आयोजक समितिका अर्का उपाध्यक्ष अर्जुन जम्नेली राईले बताए । पथरीशनिश्चरेमा हुने बुद्धिचाल खेल देशकै प्रतिष्ठित प्रतियोगिताको रुपमा स्थापित भएको आयोजकको दाबी छ । प्रतियोगितामा उत्कृष्ट १५ (टप फिष्टिन) जना, विधागत रुपमा प्रदेश, जिल्ला, नगर टप, नगरका विद्यार्थी, महिला, उदीयमान, भ्याटुन, फरक क्षमता, अनुशासति लगायत १८ जनालाई नगरसहितको पुरस्कार राखिएको छ ।
चैत्र, २७ देखि चार दिनसम्म चल्ने प्रतियोगिता स्वीस लिगको नियम अनुसार ९ राउण्ड खेलाइने आरवीटरसमेत रहेका फावका कोषाध्यक्ष डम्बर बाछना रार्यले बताए । मोरङको पथरीशनिश्चरे नगरपालिमा हुने प्रतियोगिता देशमै स्थापित भइसकेको दाबी गर्दै सहयोग गत्ते व्यापारी, उद्योगी, पेशाकमी, बुद्धिजिवी, शिक्षक, सञ्चारकमी लगायत सम्पूर्णलाई अनुरोध गरेका छन ।